काठमाडौं– नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई तोकिएको छ । पौडेललाई बुधबारदेखि लागू हुनेगरी राष्ट्र बैङ्कको प्रवक्ता तोकिएको हो । २०५९ सालमा सेवा प्रवेश गरेका पौडेलले बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैङ्क सुपरीवेक्षण विभागलगायतको जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा […]