मुस्ताङ– गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएको छ । गएरातिदेखि भएको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । हिमपात भएपछि मुस्ताङको धार्मिकस्थत मुक्तिनाथ मन्दिर हिउँले ढपक्कै ढाकेको छ । हिमपात भएपछि स्थानीय प्रशासनले अहिले मुस्ताङको यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ । मुस्ताङका साथै अहिले म्याग्दी, पर्वत, बागलुङका विभिन्न क्षेत्रमा वर्षा सुरु […]