पहाडी संस्कृति जोगाउन बुटवलमा सराय नाच

रूपन्देही, १० कात्तिक । पहाडी जिल्लाको मौलिक संस्कृति र परम्पराको प्रतीक मानिने ऐतिहासिक सराय नाच बुटवलमा प्रदर्शन गरिएको छ । अर्घाखाँची, गुल्मी र पाल्पाबाट बसाइँसराइ गरी बुटवलमा बसोबास गर्दै आएका स्थानीयले गाउँघरको सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले सोमबार बुटवल उपमहानगरपालिका–देवीनगरस्थित वाणिज्य क्याम्पस परिसरमा बृहत् सराय नाच प्रदर्शन गरेका हुन् । ‘बुझौँ हामीले रीतिथिति, जोगाऔँ हाम्रो […]