तातोपानी नाका खुलेको दुई दिनमा १० कन्टेनर मात्रै भित्रिए, चीनमै रोकिने जोखिममा चाडपर्वका सामान

चाडपर्व लक्षित सामान बोकेका दर्जनौँ कन्टेनर चीनतर्फ रोकिएका बेला अस्थायी रूपमा खुलेको तातोपानी नाकाबाट दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिएका छन्। तीन दिनको सञ्चालन अवधिमा रोकिएका सामान ल्याउन सम्भव नहुने भन्दै व्यवसायीले नाका निरन्तर खुलाउन माग गरेका छन्। कात्तिक १ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा आएको नाकाबाट आइतबार तीन र सोमबार साँझसम्म सात मालवाहक कन्टेनर […]