कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार अपराह्न आपसी विवादका क्रममा कुटपिट हुँदा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भएका रोशन पाख्रिन घाइते भएका थिए। कुटपिटबाट बेहोस भएका पाख्रिनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल पुर्‍याइएको थियो। […]