पूर्वप्रधानमन्त्री खनालले भने-‘तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छ’

झापा । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् ।  समाजवादी प्रेस संगठन झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको महत्वाकांक्षा, पूर्वपञ्चहरूको दिवास्वप्न र सरकारको दमन दोषी […]