बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति भएको भन्दै कहिले धरानवासी र सरोकारवाला आन्दोलनमा उत्रिन्छन्, कहिले सेवासुविधा कम भयो भन्दै प्रतिष्ठानभित्रकै चिकित्सक तथा कर्मचारी प्रदर्शन गर्छन्। यस्तो क्रम लामो समयदेखि चलिरहेकै छ। २०७८ सालको अन्तिमतिर भने प्रतिष्ठानसँग प्रत्यक्ष सरोकार नदेखिने एउटा समूह एकाएक ‘प्रतिष्ठानको चरम बेथिति र विसंगतिका विरुद्ध’ आन्दोलन गर्ने भन्दै काठमाडौँबाट धरान आइपुग्यो। ठेगाना […]