१८ दिनपछि खुल्यो कृष्णभिर, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

बाढीले सडक बगाएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा १८ दिनपछि दुईतर्फी यातायात सञ्चालनमा आएको छ। नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै बिहीबार बिहानदेखि नियमित रूपमा दुवैतर्फ सवारी सञ्चालन गरिएको हो। भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभिरमा सडकको तल्लो भाग कटान गरेपछि करिब १०० मिटर सडक क्षतिग्रस्त भएको थियो। सडक पूरै भासिएपछि पृथ्वी राजमार्गमा […]