धनुषा। मधेस प्रदेशसभाका तेस्रो सभामुखको रुपमा रामअशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले आज (आइतबार) जनकपुरमा एक समारोहबीच यादवलाई सभामुख पदको शपथ गराए। उनले मधेसको पहिचान र मातृभाषाको सम्मान झल्किने गरी मैथिली भाषामा पद तथा गोपनीयताको शपथ लिए। मैथिली भाषामा शपथ ग्रहण गरेपछि प्रदेशसभामा उपस्थित सांसद, कर्मचारी तथा शुभेच्छुकहरूले […]