२८ असोज, काठमाडौं । आफ्नो उम्मेदवार खारेजीविरुद्ध एकीकृत समाजवादीका राजु गुरुङले दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ । रिट न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको थियो । तर, निवेदककै कानुन व्यवसायीको आग्रहमा सुनुवाइ स्थगित भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । गुरुङ रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । […]