काठमाडौं । झण्डै तीन महिनापछि नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी औपचारिक रुपमा भंग हुदैछ । बालुवाटारमा बुधबार ११ बजे बस्ने एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा सो कमिटीलाई एमाले केन्द्रीय कमिटीका रुपमा रुपान्तरण गर्दै आयोजक कमिटीलाई भंगको घोषणा गर्नेछ ।‘महाधिवेशन आयोजक कमिटीका रुपमा आज अन्तिम बैठक बस्दैछ । आजपछि केन्द्रीय कमिटीले नै महाधिवेशन आयोजक कमिटीको हैसियतमा काम गर्छ’, एमाले नेता सुवास नेम्वाङको भनाई छ ।एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर त