गण्डकी सरकारले पूर्णता पाउँदै, काँंग्रेस छान्यो बाँकी ३ मन्त्री

पोखरा। गण्डकी प्रदेश सरकारले पूर्णता पाउने भएको छ। सत्तारुढ नेपाली कांग्रेसले तीन मन्त्रीको टुंगो लगाएसँगै सरकारले पूर्णता पाउने भएको हो। बिहिबार ११ मन्त्रालयमध्ये गठबन्धनबाट कांग्रेसले५, माओवादीले४, जसपाले१ र स्वतन्त्र सांसदले १ मन्त्रालय पाउने टुंगो लागेको थियो लगत्तै माओवादीले बिहीबार नै बाँकी तीन मन्त्रीको टुंगो लगाएको थियो। कांग्रेसले शुक्रबार मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने निर्णय गरेको हो।