च्याम्पियन्स लिगमा बायर्न प्रि–क्वाटर फाइनलमा : बार्सिलोना र इन्टर मिलानले बराबरी खेले

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिख लगातार चौथो जितसहित प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको चौथो खेलमा भिक्टोरिया प्लेजेनलाई ४–२ गोलले हराउँदै बायर्न अन्तिम १६ मा पुगेको हो । बायर्नको जितमा लियोन गोरेट्जकाले दुई तथा साडियो माने र थोमस मुलरले समान एक/एक गोल गरे । प्लेजेनका एडाम भिकानोभा र जान क्लिमेन्टले गोल गरे । जितसँगै समूह ‘सी’ मा लगातार चौथो जित निकालेको बायर्न १२ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । यो समूहको अर्को खेलमा बार्सिलोना र इन्...