शिक्षण अस्पताल कोहलपुर आइपुग्यो लिक्विड अक्सिजन

बाँके : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने लिक्विड अक्सिजन आइपुगेको छ।नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको लागि १४ टन लिक्विड अक्सिजन बोकेको ट्याङकर आइतबार अस्पताल परिसरमा आइपुगेको हो।वीरगन्ज नाका हुँदै आएको उक्त अक्सिजन लिक्विड अस्पताल परिसरमा रहेको अक्सिजन ट्याङ्कमा भण्डारण गर्ने काम भइरहेको शिक्षण अस्पताल कोहलपुरका प्रशाशन प्रमुख सँजय पन्तले जानकारी दिए।लिक्विड अक्सिजन भारतको झारखण्डबाट नेपाल ल्याइएको हो। लुम्बिनी प्