एआईको आलोचना गर्ने इलनले आफैं खोले एआई कम्पनी

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी काम गर्ने ओपेनएआई कम्पनीमा आफूले भनेजस्तो नभएपछि बिच्किएर हिँडेका अर्बपति इलन मस्कले अन्तत: आफ्नै एआई कम्पनी स्थापना गरेका छन् । अहिलेको चर्चित च्याटबट, च्याटजीपीटी निर्माता ओपेनएआईको विकल्पका रूपमा उनले बुधबार एक्सएआई नामक कम्पनी खोलेका हुन् । कम्पनीबारे शुक्रबार ट्विटर स्पेसमार्फत थप जानकारी दिइने भनिएको छ ।

सम्बन्धित सामग्री

एआई कम्पनी शुरु गर्ने योजनामा एलन मस्क, 'च्याट जिपिटीलाई टक्कर दिने'

काठमाडौं । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला (Tesla)का सीईओ एलन मस्क (Elon Musk)ले अब सामाजिक सञ्जाल (Social Media)पछि कृत्रिम बौद्धिकतामा हात हाल्दैछन् । आर्टिफिसियल इन्टेलिजेन्स AI (एआई) च्याट जिपिटी (ChatGPT)लाई टक्कर दिन एआई कम्पनी शुरू गर्ने योजना रहेको उनले बताएका छन् ।  मस्कले नयाँ कम्पनीको नाम  X.AI राखेका छन् । पछिल्लो समय मस्कले एआईको आलोचना गर्दै आएका छन् । यसअघि पनि उनले सामाजिक सञ्जालहरूको खेदो खनेर अन्ततः माइक्रो ब्लगिङ वेबसाइट ट्विटर किनेका थिए ।  नयाँ venture का लागि मस्कले विशेष अनुसन्धानकर्ता र इन्जिनियरहरूको टोली तयार पारिरहेको स्रोतहरूले भनेका छन् । यसका लागि अन्य थुप्रै लगानीकर्ताहरूसँग छलफल भइरहेको छ । मस्क यसअघि नै टेस्ला, अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्स र ट्विटर इंकका सीईओको छन् । नयाँ कम्पनीमा पनि उनी निर्देशक भूमिकामा रहन सक्ने सञ्चारमाध्यमहरूले भनेका छन् । कम्पनीको मुख्यालय टेक्ससको नेवादामा रहने बताइएको छ । कम्पनीले १० करोड कित्ता विक्रीको लागि अनुमति लिएको बताइएको छ ।  सोही कम्पनीको लागि मस्कले ठूलो संख्यामा ग्राफिक प्रेसेसिङ यूनिट किनेका थिए । उनले नयाँ कम्पनीका लागि आवश्यक विज्ञता निर्माण गर्न कोडर, इञ्जिनियर र अन्य प्राविधिकहरूलाई भर्ती गरेका थिए ।   मस्कले Chat GPT बनाउने कम्पनी माइक्रोसफ्ट समर्थित ओपनएआईलाई टक्कर दिने कम्पनी बनाउने खोजिरहेका छन् । चाखलाग्दो कुरा के हो भने मस्कले ओपनएआईमा १० करोड डलर लगानी गरेका थिए ।  तर पछि उनी कम्पनीबाट बाहिरिए । हालैका महीनामा विश्वभर च्याटजीपीटी, जीपीटी ४ निकै चर्चित बनेको छ । एजेन्सी