काठमाडौँ : भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले नेपालका उच्च अधिकारीलाई भेटी नेपाल-भारतबीच सांस्कृतिक सम्बन्ध प्रवर्धन एवम् शैक्षिक आदानप्रदान सुदृढ गर्ने विषयमा छलफल गरेका छन्।उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग छलफल गरेका थिए।उनी मंगलबारदेखि तीनदिने नेपाल भ्रमणमा छन्।सहस्रबुद्धे आज पशुपतिनाथ मन्दिर परिसरमा आयोजित अन्तरराष्ट्रिय योग दिवस २०२२ को सुरुवाती कार्यक्रममा सहभागी थ