इच्छाराजको मासिक पारिश्रमिक आठ लाख, कर्मचारीलाई छ महिनासम्म बेतलबी परिश्रम

सिभिल डेभिड एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङले मासिक ८ लाखसम्म तलब बुझेको पाइएको छ । तामाङले सहकारी संस्थाबाट मासिक ५ लाख र अन्य कम्पनीबाट मासिक ३ लाख रुपैयाँ तलब लिने गरेको पाइएको हो ।तर, सहकारी संस्थामै काम गर्ने कर्मचारीहरूले भने ६ महिनासम्म बेतलबी काम गरेको बताएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोगमा सरकारी वकिलको कार्यालयले तयार पारेको अभियोग पत्रमा बयान लिनेक्रममा यस्तो खुलेको हो ।सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठले अभियोग पत्रमा बयान दिँदै भने, ‘इच्छ