बैतडी : कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका वेला जिल्लामा कोरोनाविरुद्धको खोपको अभाव भएको छ। जिल्लाका सबै स्थानीय तहमा खोप अभाव रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। भारतसँग सीमा जोडिएको झुलाघाट नाकामै खोप लगाउने कार्यक्रम सञ्चालन गर्ने भनिए पनि खोप अभावकै कारण शुरु हुन नसकेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। ‘छिमेकी देश चीन र भारतमा कोरोना संक्रमण फेरी देखिन थालेपछि स्वदेश फर्किनेलाई झुलाघाट नाकामै खोप लगाउने कार्यक्रम थियो’, उनले भने