नेपाल उद्योग परिसंघ (सीएनआई) ले चालु आर्थिक वर्षको बजेटको कार्यान्वयनका लागि सार्वजनिक–निजी क्षेत्र संवादका रूपमा ‘बजेट वाच’ कार्यक्रम सुरु गरेको छ । परिसंघले पर्यटन, कर प्रणाली, उद्योग, लगानी, ऊर्जा, पूर्वाधार, कृषि स्वदेशी उत्पादन र निर्यात प्रवर्द्धन, नवउद्यम, नवप्रवर्तन र सूचना प्रविधिलाई समेटेर बजेट कार्यान्वयन योजना सार्वजनिक गरेको छ ।