काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा जीवन खनाललाई नियुक्त गरेको छ ।
असोज २९ गते बसेको सञ्चालित समितिको बैठकले आगामी चार वर्षका लागि खनाललाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको जानकारी दिएको छ । नवनियुक्त खनालले मङ्सिर ५ गते पदभार ग्रहण गरेका छन् ।