उम्मेदवार छान्न जसपा बैठक बस्दै, सीट बाँडफाँट नमिले गठबन्धनबाट बाहिरिने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सीट बाँडफाँटमा असन्तुष्ट बनेको जनता समाजवादी पार्टीले उम्मदेवार छनौटका लागि बैठक बोलाएको छ । दुवैतिरका उम्मेदवारको तय गर्न आज जसपा कार्यकारिणी समितिको बैठक बस्न लागेको प्रवक्ता मनिस कुमार सुमनले जानकारी दिए । बैठकस्थल भने गोप्य राखिएको छ । जसपाको आजकै बैठकले मुख्य उम्मेदवारहरुको टुंगो लगाउने बताइएको छ । […]