भारतले ५ वर्षसम्म जिटुजी मल दिने

काठमाडौं। जिटुजीमार्फत ५ वर्षसम्म रासायनिक मल उपलब्ध गराउन भारत सहमत भएको छ। वार्षिक दुई लाख टन रासायनिक मल जिटुजीमार्फत उपलब्ध गराउने सहमतिपत्रमा भारतले हस्ताक्षर गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार जिटुजी प्रतियामार्फत मल ल्याउँदा सस्तो पर्नुका साथै छिटो पनि हुने गर्छ। नेपालमा वार्षिक पाँच लाख टन मल खपत हुँदै आएको एक तथ्यांकले देखाएको छ।