उजुरीको सुनुवाइ भएपछि आईसीयू जडान प्रक्रिया अगाडि बढ्यो

संखुवासभास्थित जिल्ला अस्पताल खाँदबारीको आईसीयू उपकरण खरिदमा अनियमितता भएको उजुरीको सुनुवाइ भएको छ । सार्वजनिक खरिद पुनरावलोकन समितिले उजुरीको फैसला सुनाएको हो । द मेडिकल सोलुसनले खरिद प्रक्रिया गलत भएको जनाउँदै बोलपत्र स्वीकृत गर्ने आशयको सूचना रद्द गर्न सो समितिमा उजुरी दिएको थियो । अस्पतालले गरेको खरिद प्रक्रिया गलत नभएको जनाउँदै सामग्री खरिदका लागि समितिले बुधवार जिल्ला अस्पताललाई आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको जिल्ला अस्पतालका निमित्त प्रमुख सुन्दरश्याम झाले जानकारी दिए । अध्यक्ष भीमकुमार ओझा न...