राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान संशोधन गर्न नसक्ने भए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । मंगलबार अपराह्न सिंहदरबार पुगेका ठाकुरले तीनबुँदे सहमतिबमोजिम संविधान संशोधन हुन्छ कि हुँदैन भनी सोधेका थिए ।