एक वर्षपछि अस्थायी टहरामा सर्दा पनि दंग छन् सिन्धुपाल्चोकका लिदी पहिरोपीडित

विस्थापित ३१ परिवारलाई अस्थायी जस्ताको टहरामुनि सारिएको छ । नेपाली सेनाको गोरख बक्स गणले निर्माणपछि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पीडित परिवारलाई टहरामा सारेको हो ।