काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकाे संसदीय दलको बैठक बसिरहेको छ । बैठकले आजको संसद बैठकबारे रणनीति तय गर्नेछ ।
बानेश्वरमा रहेको संसद भवनको लोत्से हलमा बसिरहेको बैठकमा अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेले संसदमा खेल्ने भूमिकाबारे ब्रिफिङ गर्नुहुनेछ । एमालेले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक प्रकृया अगाडि नबढाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।
यसैबीच नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक दि...