काठमाडौं । अकुत सम्पत्ति आर्जनमा ललितपुर मालपोत कार्यालयका शाखा अधिकृत बद्रीराज ढकाललाई विशेष अदालतले सफाइ दिएको छ । यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले सोमबार ढकाललाई आरोपबाट सफाइ हुने फैसला सुनाएको हो । ढकालसँगै उनकी श्रीमती सृजना र जेठान नवराज अर्यालले पनि सफाइ पाएका छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड […]