प्रबल गुरुङको डिजाइनमा सजिइन् लेडी गागा

काठमाडौं । अमेरिकी प्रथम महिलादेखि बेलायती राजकुमारीसम्म, हलिउडदेखि बलिउडसम्म नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनलाई संसारका चर्चित सेलिब्रिटीले पहिरिएका छन् । गुरुङको पहिरन पहिरिने ए–लिस्टर सेलिब्रिटीको सूचीमा लेडी गागा थपिएकी छन् । यी पपस्टार तथा हलिउड अभिनेत्रीले शनिबार राति अमेरिकाको लस भेगासस्थित रेसिडेन्सीमा आयोजित जाज–पियानोको डल्बी लाइभ समारोहमा प्रबलको पहिरन लगाएर प्रस्तुति दिएकी थिइन् […]