नेपालमा मिर्गौला प्रत्यारोपण सम्भव भए पनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अंग दान गर्न पाउने गरी कानुनमा व्यवस्था गर्न सरोकारवालाले माग गरेका छन् । नेपालको कानुनमा रहेको आफन्तबाहेकले मिर्गौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा मिर्गौला रोगीको उपचार सहज हुने उनीहरूको भनाइ छ ।