उपत्यका भित्रिने तरकारीको विषादी जाँच्न जम्मा २ कर्मचारी

काठमाडौं । काठमाडौं उपत्यकाभित्र १३ ओटा ठूला फलफूल तथा तरकारी बजार छन्, जहाँ दैनिक सयौं टन फलफूल र तरकारी भित्रिने गर्छ । यसरी भित्रिने फलफूल र तरकारीको विषादी अवशेष परीक्षणमा सरकारले चरम लापरबाही गरेको देखिएको छ । यहाँसम्म कि १३ ओटा तरकारी बजारमा पुग्ने तरकारी र फलफूलमा विषादी परीक्षण जम्मा दुई कर्मचारीको भरमा चलिरहेको छ । केन्द्रीय कृषि प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत राजीवदास राजभण्डारीले कालीमाटी, बल्खु, कुलेश्वर, कलंकी जडीबुटी, तीनकुने, बालाजु माछापोखरी, टुकुचा, धुम्बाराही, चाबहिल, बानेश्वर र टुकुचासहितका १३ ओटा तरकारी बजारमा भित्रिने फलफूल तथा तरकारीको विषादी अवशेष परीक्षण एक जना प्राविधिक र एक जना सहयोगीको भरमा चलेको बताए । उनका अनुसार ती कर्मचारीले सार्वजनिक बिदाको दिनबाहेक दैनिक रूपमा कालिमाटी बजारमा भित्रिने तरकारी र फलफूलमा मात्रै विषादी अवशेष परीक्षण गर्ने गरेका छन् । कालीमाटीमा नेपालकै आन्तरिक र भारतबाट समेत दैनिक ७ सयदेखि ९ सय टनसम्म तरकारी भित्रिन्छ । त्यसमध्ये बढीमा १० ओटा जति तरकारीका नमूनामा मात्रै विषादी परीक्षण गरिन्छ । त्यो पर्याप्त नभएको राजभण्डारी बताउँछन् । ‘दुई जना मात्रै कर्मचारी भएकाले सबै बजारमा पुग्ने तरकारीमा विषादी परीक्षण गर्न समस्या छ । कहिले कहीँ छड्के रूपमा मात्रै अन्य बजारमा विषादी जाँच हुन्छ । त्यो प्रभावकारी हुँदैन,’ उनी भन्छन्, ‘दुई जनाले कति काम गर्न सक्छन् र ?’ विषादी परीक्षण प्रभावकारी नहँुदा हरेक दिन उपभोक्ताको भान्सामा विषादी पाकिरहेको पनि उनले बताए । प्रयोगशालाले तरकारी र फलफूलमा हुने अर्गानोफोस्फेट र काब्रामाइट नामक दुईथरी विषादीको परीक्षण गर्छ । त्यसबाहेक अन्य किसिमका विषादी पनि तरकारीमा हुन्छन् । तिनले मानव स्वास्थ्यमा पार्ने दुष्प्रभावमा सरकार उदासीन रहेको यसले पुष्टि गर्छ । यी बाहेकका विषादीको मात्रा जाँच्न प्रयोगशालासँग प्रविधि पनि छैन । उपभोक्ता अधिकारकर्मीले सरकारको यो कार्यशैलीको आलोचना गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिना आम उपभोक्तालाई जबरजस्ती विष खुवाउनमा सरकार नै अग्रसर भएर लागेको बताउँछन् । विषसँग कुनै सम्झौता हुन नसक्ने भन्दै उनले सरकारको क्षमतामाथि पनि प्रश्न उठाए । ‘जम्मा १३ ओटा तरकारी बजारमा विषादी परीक्षण गर्न नसक्ने क्षमता हो त सरकारको ?’ तिमिल्सिनाले भने, ‘उपभोक्ताको स्वास्थ्य जोडिएको ठाउँमा कर्मचारी खटाउन सक्दैन तर जहाँ ठूलो कमिशनको खेल हुन्छ त्यस्ता ठाउँमा आवश्यकताभन्दा धेरै कर्मचारी राखिएका हुन्छन् ।’ सरकारको प्राथिमकतामा उपभोक्ताको स्वास्थ्य नपरेको पनि उनले आरोप लगाए । भारतलगायत आन्तरिक बजारबाट आउने हरिया तरकारीमा विषादीको मात्रा बढी देखिएको प्रयोगशालाको तथ्यांकले देखाउँछ छ । प्रयोगशालाका अनुसार कालीमाटीमा चालू आर्थिक वर्षको फागुन २६ सम्ममा १७ सय ७८ तरकारी नमूना परीक्षण भएकोमा १७ सय ५१ मा काब्रामाइट र अर्गानोफोस्फेट रोकावटको मात्रा ३५ प्रतिशतभन्दा कम (खानयोग्य) भेटिएको छ । १० ओटा नमूनामा विषादी रोकावटको मात्रा ३५ प्रतिशतदेखि ४५ प्रतिशतको बीचमा पाइएको छ । यस्तो तरकारी क्वारेन्टाइन गरेर राख्नुपर्ने र केही दिनपछि पुनः परीक्षणमा योग्य देखिएमा खान मिल्ने हुन्छ । १७ ओटा नमूनामा विषादी रोकावटको मात्रा ४५ प्रतिशतभन्दा धेरै देखिएकाले त्यस्तो तरकारी नष्ट गरिएको बताइएको छ । विषादी रोकावट दरको अर्थ विषादीको कारणले मानिस वा जनावरमा कोलिनस्टरेज इन्जायमको उत्पादन तथा सञ्चालन प्रक्रिया रोकिने दर हो । रोकावट दर जति बढी भयो मानव स्वास्थ्यलाई आवश्यक पर्ने कोलिनस्टरेज इन्जायम उत्पादन उति नै बढी रोकिन्छ । कोलिनस्टरेज प्राणीको स्नायु प्रणालीलाई सही तरिकाले काम मद्दत गर्ने इन्जायम हो । काउली, टाटेसिमी, रायोको साग र ब्रोकाउलीमा सबैभन्दा बढी विषादी मात्रा देखिएको छ । विषादी बढी देखिएका तरकारीहरू आन्तरिक बजारबाटै भित्रिएको पाइएको छ । सर्लाही, भक्तपुर, मकवानपुर र धादिङबाट आउने तरकारीमा विषादीको मात्रा बढी देखिएको प्रयोगशालाको अभिलेखले उजागर गर्छ । बाह्य मुलुकबाट आउने तरकारीको विषादी नाकामा परीक्षण गर्ने जिम्मा खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले र देशभित्रको जिम्मा केन्द्रीय कृषि प्रयोगशालाले पाएको छ । प्रयोगशालाअन्तर्गत बिर्तामोड, लालबन्दी, कालीमाटी, पोखरा, बुटवल, नेपालगञ्ज र अत्तरिया गरी सात स्थानमा विषादी परीक्षण हुने गरेको छ ।

सम्बन्धित सामग्री

विषादी सेवनबाट एक जनाको मृत्यु

बैतडी :  विषादी सेवनबाट बैतडीमा एक जनाको ज्यान गएको  छ।  जिल्लाको शिवनाथ गाउँपालिका –२ मडैका ५५ वर्षिय  गंगा सिंह मडैको  तरकारीमा प्रयोग हुने विषादी सेवनबाट ज्यान गएको हो।विषादी सेवनपछि बेहोस भएका  मडैलाई   उपचारका लागि डडेल्धुरा लैजाने  क्रममा शिवनाथको  बोगडा भन्ने  ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।  उनले विषादी सेवन किन गरे भन्नेबारे खुल्न बाँकी छ। घट

‘जैविक विषादी किनेर हामीलाई जोगाउनुस्’

पनौती नगरपालिका–१ काभ्रेपलाञ्चोकमा २०६९ सालमा जैविक विषादी उत्पादनका लागि कृषि मन्त्रालयको एउटा कार्यक्रम आयो । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि कार्यक्रम (एफएओ) ले नेपालमा रासायनिक विषादी प्रयोग घटाउन र जैविक विषादी मार्फत कृषि उपजमा लाग्ने कीटाणु नष्ट गर्न यो कार्यक्रम अघि सारेको थियो । सुरुवाती वर्षमा एफएओको अनुदानमा बीओडी इक्युभेटर, लेमिनार इयर, माइक्रोस्कोप, हटएयरओभन लगायत […]

केरामा सबैभन्दा बढी विषादी

चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ। कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा  सबैभन्दा बढी विषादी केरामा भेटिएको हो।  कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ। केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ चालु आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभन्दा बढी विषादी केरामा नै भेटिएको उनले बताए। केरामा पकाउनका लागि प्रयोग हुने इथालिन र क्याल्सियम कार्बोनेट बढी प्रयोग गरेको पाइएको छ।

विज्ञानकथा : विषादी

‘बाबा ! विषादी भनेको के हो ? जताततै यसकै कुरा सुन्छु । कतै विषादीले मा¥यो भनेको सुनिन्छ । कतै तरकारी हे¥यो त्यस्तै, फलफूल हे¥यो त्यस्तै, खाद्यान्न हे¥यो त्यस्तै भनेको सुनिन्छ । अझ कतै त मासु र अन्डालाई समेत छाडेनन् बा ! भनेको पनि सुनियो तर विषादी आफैँमा के हो र यसले गर्छ भन्ने कुरा भने बुझिनँ ।’ एक दिन शहर घुमेर फर्कँदा बसका यात्रीहरूबीच भएको कुराकानी सुनाउँदै छोरा जिज्ञासुले बाबु विज्ञानसँग भन्यो । ‘विषादी भनेका कृषकहरूले फलफूल तथा अन्न वाल

भन्सार नाका छैन विषादी परीक्षण प्रयोगशाला

कन्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ। भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो। विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ। कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गनुपर्ने […]

भन्सार नाकामै छैन विषादी परीक्षण प्रयोगशाला

कञ्चनपुर – भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी […]

भन्सार नाकामै छैन विषादी परीक्षण प्रयोगशाला

दोधारा चाँदनी : कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ। भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो।   विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ। कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने…

भन्सार नाकामा छैन विषादी परीक्षण प्रयोगशाला

१३ भदौ, दोधारा चाँदनी । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या हुने गरेको छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो । विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने […]

भारतबाट ल्याइएको फलफूल  तरकारीमा धेरै विषादी

त्भाररतबाट आयात भएका फलफूल तथा तरकारीमा विषादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्लो तीन महिनामा भारतबाट आयात गरिएका फलफूल र तरकारीको छवटा नमुनामा खान नहुने विषादी प्रयोग भएको पाइएको हो । नेपाल भित्र्याइएका १८ हजार ८२६ वटा नमुनाको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर, चिकुु, तथा आलुुको छवटा नमुनामा खान नहुने रासायनिक विषादी प्रयोग भएको पाइएको छ ।यस्तै नौवटा नमुनामा केही दिन पर्खेर मात्रै खान हुने विषादी पाइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण व

कडा विषादी प्रयोग गरेको पाइएपछि कन्याम चिया कमानको विषादी घर सिलबन्दी

इलाम, साउन २४ । इलामको कन्यामस्थित कन्याम चिया कमानको विषादी घर सिलबन्दी गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, सूर्योदय नगरपालिकासहितको टोलीले शनिबार बगानको अनुगमन गर्दा कडा विषादी प्रयोग गरेको पाइएपछि विषादी घर अनिश्चित कालका लागि सिलबन्दी गरिएको हो । विषादी प्रयोगको जनगुनासोका आधारमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा […]