गोरखा – गोरखाको मनकामना मन्दिरमा नित्य पूजा बाहेक सबै धार्मिक गतिविधिमा रोक लगाइने भएको छ । माघ ६ गते बिहीवारदेखि माघ मसान्तसम्म भक्तजनको प्रवेशमा रोक लगाइने भएको हो ।कोरोना संक्रमण बढ्दै गएकाले भक्तजनहरुको प्रवेशमा रोक लगाउने निर्णय भएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेबिन्द्र गुरुङले बताउनुभयो । मनकामना क्षेत्र विकास समितिको बैठकले आउँदाे बिहीवारदेखि आन्तरिक रुपमा नित्य पूजा मात्रै गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना गर्दै मन्दिरमा भक्तज...