बर्दियामा विद्युतीय धरापमा परेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
निकुञ्जबाट आउने वन्यजन्तुबाट खेतबारी जोगाउन थापिएको धरापमा परेर ३ जनाको मृत्यु भएको हो ।
जिल्लाको ठाकुरबाबा नगरपालिका–३ गोदानास्थित राजबहादुर शाहीको खेतमा थापिएको धरापमा परेर स्थानीय बालकृष्ण थारु, उनकी पत्नी सुनिता र भाउजु बेलमतियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए ।
शुक्रवार राति माछा मार्न खेतबारी हुँदै हिँडडुल गर्नेक्रममा तीनै जना विद्युतीय धरापमा परेका प्रहरीले जनाएको छ...