नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्न कर्मचारीको माग

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा प्रबन्ध निर्देशक नियुक्तिमा भइरहेको ढिलाइका विषयमा कर्मचारीहरूले आवाज उठाएका छन् ।  तीव्र प्रतिस्पर्धात्मक अवस्थामा कम्पनीको सेवा विस्तार, गुणस्तर सुधार, ग्राहक सन्तुष्टिका साथै दूरसञ्चारसम्बन्धी नीति कार्यान्वयन गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेको अग्रणी दूरसञ्चार सेवा प्रदायक लामो समयदेखि निमित्तको भरमा चल्नु उचित नभएको नेपाल टेलिकम वर्कर्स युनियनले जनाएको छ ।

सम्बन्धित सामग्री

टेलिकमकै कर्मचारी प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारी आन्दोलित

काठमाडौं, २३ चैत्र । नेपाल टेलिकमका कर्मचारी बुधबार आन्दोलनमा उत्रेका छन् । टेलिकम भित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन पर्ने माग गर्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । आज नेपाल टेलिकम वर्कश युनियनले केन्द्रीय कार्यालमा खबरदारी सभाको आयोजनमा समेत गरेको थियो । टेलिकमकै वरिष्ठ कर्मचारीलाई नै प्रबन्ध निर्देशकमा नियुक्त गर्न कर्मचारीको माग रहेको छ । प्रबन्ध निर्देशक […]