संयुक्त राष्ट्रसङ्घीय महासचिवद्वारा हमास आक्रमणलाई औचित्य दिएको आरोपको खण्डन

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायली कूटनीतिज्ञहरूले लगाएको हमास आक्रमणको समर्थन गरेको भन्ने आरोपको स्पष्टरूपमा अस्वीकार गर्नुभएको छ । इजरायली कूटनीतिज्ञहरूले सुरक्षा परिषद्मा अक्टोबर ७ मा हमासले गरेको आक्रमणलाई महासचिव गुटेरेसले समर्थन गरेको आरोप लगाएका थिए । इजरायल र प्यालेस्टाइनको बीचमा बढ्दो सङ्कटलाई लिएर मङ्गलवार भएको बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले हमासले गरेको ‘भीषण’ आक्रमण कुनै पनि हालतमा औचित्यपूर्ण हुन नसक्ने बताउनुभयो । उहाँले हमा...