एनएमबी बैंकले आईएफसीसँग लियो साढे दुई करोड डलर ऋण

काठमाडौं।एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा दुई करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्राएको छ।याे कर्जाले हालको तरलता संकुचनको असहज परिवेशमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने बैंकको विश्वास छ।बैंकले चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गरेको छ। त्यस्तो कर्जा प्राप्त गर्ने एमएमबि पहिलो बैंकसमेत बन्न सफल भएको छ।