गोरखाको पालुङटार नगरपालिकामा सत्ता गठबन्धन भत्किएपछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। गोरखा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निर्वाचन क्षेत्र भएकाले उनले काँग्रेससँग तालमेल गर्न निक्कै जोडबल गरेका थिए। अन्तमा काँग्रेसले प्रमुख उपप्रमुखसहित वडामा एकल रुपमा प्रतिष्पर्धा गर्ने भन्दै जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले वक्तव्य जारी गरेपछि त्रिपक्षीय भिडन्त हुने भएको हो।काँग्रेस र जसपाबीच चुनावी तालमेल भत्किएको सभापति न