सत्ता साझेदार दलको बैठक बस्दै

सत्ता साझेदार दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताहरु बसेर मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्ने बताइएको छ ।