बालकोट भेटवार्ता सकियो, बालुवाटार फर्किए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । सत्ता गठबन्धनको बैठकपछि देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । भेटमा के सहमति भयो भन्नेबारे खुलिसकेको छैन । बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि पुगेकी थिइन् । गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओली भेट्न पुगेका हुन् ।भेटपछि देउवाले चाल्ने कदमलाई महत्वका साथ हेरिएको छ ।

सम्बन्धित सामग्री

ओली भेट्न देउवा बालकोटमा

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका हुन् । भेट एमसीसी सदनबाट अनुमोदन गर्ने विषयमा केन्द्रित भएको बुझिएको छ । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् । यसअघि देउवा र ओलीबीच बालकोट, बालुवाटार बानेश्वरमा गरी विभिन्न चरणमा भेटवार्ता भइसकेको छ ।-File […]