एनएमबी बैंकलाई ‘बैंक अफ दि इयर एसिया २०२१’ र ‘बैंक अफ दि इयर २०२१’ अवार्ड

नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतप्राप्त एनएमबी बैंकले बेलायतको लण्डनबाट प्रकाशित हुने म्यागाजिन बैंकर को ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड जितेको छ । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता एसियाकै कडा प्रतिस्पर्धीहरूलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो ।एनएमबी बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक हो । यो सँगै एनएमबीले ‘द बैंक अफ द इयर २०२१’ को अवार्ड पनि जितेको छ । एनएमबीको यो ५ वर्षमा चौथो अवार्ड हो । बैंकका अध्यक्ष सुनी