काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित जोरपाटीमा रहेको सर्वनाम शिक्षालयका छात्रावास प्रमुख (वार्डेन)लाई अदालतले थुनामा राख्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश केदारनाथ पौडेलले होस्टल वार्डेल रामजी बस्नेतलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेका हुन् । शिक्षालयमा अध्ययनरत ३ जना छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई जेठ २१ मा पक्राउ गरेको थियो । रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसे घर भएका बस्नेत दुई वर्षदेखि सो स्कुलको छात्रावास प्रमुख थ