फेसबुकले अस्ट्रेलियामा न्यूज फिडमाथिको प्रतिबन्ध खोल्यो

अस्ट्रेलियामा फेसबुकले लगाएको न्यूज फिडमाथिको प्रतिबन्ध फुकुवा गरेको छ।अब अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार लिङ्क सेयर गर्न र पढ्न पाउने भएका छन्।अस्ट्रेलिया सरकारको एउटा प्रस्तावित कानूनको विरोधमा गत बिहीबारदेखि फेसबुकले अस्ट्रेलियाबाट र अस्ट्रेलिया ठेगाना भएका व्यक्तिलाई समाचार लिङ्क सेयर गर्न र हेर्न नमिल्ने बनाइदिएको थियो।अस्ट्रेलियाले प्रस्ताव गरेको कानूनमा गुगल र फेसबुकले समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधान राखिएको थियो। अस्ट्रेलियाका एक वरिष्ठ अधिकारीले फ