मेरोअटो मोटर र्यालीको तेस्रो संस्करण यही वैशाख १५ र १६ गते आयोजना हुने भएको छ । विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मोटर र्याली यो वर्ष काठमाडौंबाट नुवाकोट दरबार क्षेत्रसम्म हुने भएको हो । मोटर र्याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र व्यावसायिक नेटवर्किङ विस्तारको लागि सहयोगी हुने अपेक्षा गरिएको छ […]