सत्ता गठबन्धन नेकपा(एस)को भ्रातृ संगठन अनेरास्ववियुले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आपत्ति जनाएपछि नेकपा(एस) निकट अनेरास्ववियुले सोमबार मिनभवनस्थित नेपाल कमर्स क्याम्पस अगाडि गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।