सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् ।
आइतावर बसेको प्रतिनिधि सभा बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी शुरू गरेपछि सापकोटाले बैठक सञ्चालनको वातावरण बनाउन आग्रह गरेका हुन् ।
‘लगातार बैठक अवरुद्ध गर्दा अन्य सदस्यको अधिकार संकुचित हुने तर्फ समेत ध्यानाकर्षण गराउँछु । देशका समस्यामा ध्यानाकर्षण गराउँदै बैठक सञ्चालनका लागि आ–आफ्नो स्थानमा बसेर सहज गर्न आग्रह गर्दछु,’ सापकोटाले भने । उनले एमाले सांसदले लगाएको ‘संवैधानि...