गौतम बुद्ध क्रिकेट रंगशालाको स्वामित्व लिने प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री लिम्बु

चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको स्वामित्व संघीय सरकारले ग्रहण गर्ने युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले बताएका छन् । खेलकुद मन्त्रालयको बजेट विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री लिम्बुले चितवन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने प्रक्रियामा सरकार लागेको बताए ।