पोखरामा इन्टरनेट सेवा प्रदायकको मुख्य अपरेसन सेन्टरमा नेपाल विद्युत् प्राधिकरणले लाइन काटिदिएकाले आसपासका क्षेत्रमा कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानले जनाएको छ । पोल भाडासम्बन्धी विवाद नसुल्झिएकाले इन्टरनेट सेवा प्रदायक र प्राधिकरणबीच पटक-पटक जुहारी चल्दै आएको छ ।