बेनेलीको बाइक खरिद गर्दा थाइल्याण्ड घुम्न जान पाउने अवसर - NepaliPatra

काठमाडौँ। नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले चाडपर्व लक्षित नयाँ अफर सार्वजनिक गरेको छ। दशैं र तिहार पर्वलाई लक्षित गरी ‘पहिला कहिल्यै नभएको अहिले’ नामक योजना सार्वजनिक गरेको हो। यो अफर बेनेलीका सबै मोडलका मोटरसाइकलका लागि मान्य हुनेछ। यसमा ग्राहकहरूले प्रत्येक खरिदमा थाइल्याण्डको निःशुल्क यात्रा वा सो बराबरको नगद छुट, बेनेलीको […]

सम्बन्धित सामग्री

चोङबाङ बने यामाहा दशैं योजनाका विजेता

काठमाडौं (अस) । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले गत दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘रेस फर द एस’ को विजेता इटहरीका इन्द्रनारायण चोङबाङ भएका छन् । भदौ १५ गतेबाट सुरु भएको यो योजना मंसिर १४ गतेसम्म चलेको थियो । ९ सातासम्म चलेको योजना अवधिभर यामाहाका जुनसुकै बाइक खरिदमा ग्राहकलाई ८ हजारदेखि १ लाखसम्म तत्काल छुट दिइएको थियो । त्यसैगरी स्किम अवधिभर बाइक खरिद गर्ने ग्राहकलाई हरेक साता गोल्डेन एस टिकट र बम्पर विजेताका लागि तीन गोल्डेन एस टिकट जित्ने अवसर थियो । प्रत्येक साताका एस कार्ड विजेतालाई ४ तोला सुन र बम्पर विजेतालाई १२ तोला सुन पुरस्कारस्वरूप वितरण गरिएको कम्पनीले बताएको छ । नेपालभरबाट लक्की ड्रमार्फत विजेता छनोट गरिएको योजनाको बम्पर विजेता चोङबाङले तिरुपति अटो सिटीबाट यामाहा एफजी डबल डिस्क ब्रेक खरिद गरेका थिए । यामाहा नेपालले आगामी दिनमा पनि यस किसिमका स्किमलाई निरन्तरता दिने कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए ।