पेट्रोलको खरीद मूल्य १८२ रुपैयाँ नाघेपछि आत्तियो निगम, विकास निर्माणका काम रोक्दै

चैत २, काठमाडौं । बुधवार इण्डियन आयल कर्पाेरेसन (आईओसी) बाट पेट्राेलियम पदार्थकाे मूल्य बढेर आएपछि नेपाल आयल निगम विकास निर्माणका काम राेक्ने स्थितिमा पुगेको छ। फागुनमा मात्रै २८ अर्ब रुपैयाँ नाेक्सानाी बेहाेरेकाे जानकारी गराएकाे निगमले घाटा थप चुलिने भएकाले विकास निर्माणका काम राेक्न लागेकाे हो । पछिल्लाे समय घाटा बढ्दै गएपछि निगमसँग भएको सञ्चिति कोषबाट समेत आइओसीलाई भुक्तानी गर्ने दायित्व बढेको र निगमको सञ्चिति कोषको रकम समेत घट्न थालेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । हाल निगमको घाटा निरन्तर उकालो लागेको र सञ्चिति रकम समेत रित्तिँदै गएकाले तत्काल विकास निर्माणका कार्य स्थगित गर्ने सोचमा निगम पुगेको निगमले उल्लेख गरेकाे छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले अमलेखगञ्जदेखि चितवनसम्म निर्माण गरिने भनिएको पेट्रोलियम पाइपलाइनको काम तत्कालका लागि अघि नबढ्ने बताए। ‘निगमले नयाँ बनाउने योजनामा रहेका संरचना निर्माणको काम तत्काल अघि नबढाउने भनेको हो’, निगम प्रवक्ता उपाध्यायले भने, ‘जस्तै दोस्रो चरणको पेट्रोलियम पाइपलाइन, सिलगुडीदेखि ल्याउने भनेका पाइपलाइन निर्माणका कार्यहरु भन्ने होला ।’ पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गइरहेको, निगमको विक्री मूल्यको तुलनामा खरीद लागत बढी रहेकाले घाटा बेहोरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आईओसी बाट बुधवार आएको नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोलको मूल्य प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा बढेर आएको छ । उक्त मूल्यसूची अनुसार पेट्रोल खरीदको मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा परिरहेको निगमको भनाइ छ । यसअघि गत १९ फागुनमा निर्धारण गरिएको मूल्य अनुसार हाल पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ रहेको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर २४ रुपैयाँ ४९ पैसाले बढेर आएको निगमले जानकारी दिएको छ । डिजलेको खरिद लागत १६९ रुपैयाँ ४४ पैसा पर्ने निगमले जानकारी दिएको छ । फागुन १९ मा तोकिएको मूल्य अनुसार डिजेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर रहेको छ । डिजेल, पेट्रोल खाना पकाउने एलपी ग्यासमा बेहोरिरहेको नोक्सानी अनुसार आगामी दुई सातामा ५ अर्ब ३० करोड रुपैयाँ नोक्सानीमा जाने प्रक्षेपण निगमले गरेको छ । पछिल्लो समय निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद नियुक्त भएका छन् । गत बिहीवार मन्त्रीपषिदको बैठकले नियुक्त गरेका थानीले शुक्रवारदेखि कार्यभार सम्हालेका छन्। बुधवार आइओसीबाट आएको नयाँ मूल्यसूची निगममा थानी आएपछि पहिलो पटक आएको हो ।

सम्बन्धित सामग्री

विकास–निर्माणका काममा राजनीति गर्न हुँदैनः अध्यक्ष तिमिल्सिना

काठमाडौं, २७ असोज । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा राजनीतिकरण गर्न नहुने बताएका छन् । पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा आज बिहान आयोजित एक श्रद्धाञ्जलीसभामा बोल्दै तिमिल्सिनाले तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य हुन सकेमामात्र समृद्ध मुलुक बन्न सक्ने बताए । मुलुकमा आएको राजनीतिक परिवर्तनपश्चात् विकास निर्माणका कामले जुन गतिमा अघि बढ्नुपर्ने त्यसअनुरुप […]

बाल अस्पताल निर्माणका लागि मुक्तिनाथ विकास बैंकको सहयोग

मुक्तिनाथ विकास बैंकले झापाको दमकमा निर्माणाधीन बाल अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । स्थापनाको १७औँ वर्ष प्रवेशको अवसर पारेर बैंकले प्रा.डा. भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैरनाफामूलक...

चिसो बढेपछि मनाङमा विकास निर्माणका काम ठप्प

९ पुस, मनाङ । चिसो बढ्दै गएपछि हिमाली जिल्ला मनाङमा विकास निर्माणका कार्यमा समस्या भएको छ । चिसो बढेसँगै माथिल्लो मनाङको विभिन्न पूर्वाधार निर्माणमा बाधा पुगेको हो । गत वर्ष निरन्तरको वर्षाले क्षति पुर्‍याएको भौतिक संरचना निर्माणका कार्य रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । विशेषगरी माथिल्लो मनाङको सडक, पुल, जलविद्युत्लगायत विकास निर्माणका काम रोकिएका प्रमुख […]

देशमा अपेक्षित रुपमा विकास निर्माणका काम हुन सकेन : मुख्य सचिव

सरकारका मुख्य सचिव शंकरदास बैरागीले देशमा अपेक्षित रुपमा विकास निर्माणका काम हुन नसकेको बताएका छन् ।उनले  विगतका कमी कमजोरीबाट शिक्षा लिँदै मुलुकको दु्रततर एवं सर्वाङ्गिण विकासमा लाग्नुपर्ने बताए। बुधवार १९ औँ...

विकास निर्माणका काममा हामी एकताबद्ध होऔँ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ,८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकि छिन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन् । मन्त्री भुसालले भनिन्, “विकास निर्माणकार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ […]

विकास निर्माणका काममा एकताबद्ध होऔं : ऊर्जामन्त्री भुसाल

८ साउन, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन् । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताइन् । मन्त्री भुसालले भनिन्, ‘विकास निर्माणकार्यमा एउटै मनले समन्वयकारी भूमिका निर्वाह […]

आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प

काठमाडौँ । निर्माण व्यवसायी (ठेकेदारहरू)ले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले शुक्रबार पत्रकार सम्मेलन नै गरेर आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द (कन्स्ट्रक्सन होलिडे) गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेको हो । ठेक्का लिँदाको तुलनामा अहिले निर्माण सामग्रीको मूल्य अत्याधिक बढेकाले सो मूल्यवृद्धि समायोजन नभएसम्म […]

‘राजस्व सङ्कलन र विकास निर्माणका काममा तीव्रता’

काठमाडौँ, १७ पुस: टोखा नगरपालिकामा चालु आर्थिक वर्षको पाँच महिनामा रु ११ करोड ५८ लाख राजस्व सङ्कलन भएको छ । टोखा नगरपालिकाको शुक्रबार सम्पन्न दशौँ नगरसभामा नगरपालिकाले राजस्व सङ्कलन र विकास निर्माणका कामलाई तीव्रताका साथ अगाडि बढाएको बताइएको हो । कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले टोखाले गौरवका योजनालाई प्राथमिकता दिएको बताए । “कुनै पनि राजनीतिक दल […]

विकास निर्माणका अधुरा कामलाई पूर्णता दिन्छौँ : आर्थिक मामिलामन्त्री आङ्बो

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले अधुरा विकास निर्माणका कामलाई पूर्णता दिने बताएका छन् । स्टार युथ क्लबको स्थापना दिवसको अवसरमा सोलुखुम्बुको सल्लेरीमा आयोजित प्रदेशस्तरीय महिला तथा...

विकास निर्माणका काममा युवाको सक्रियता

गलेश्वर । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण समुदाय स्तरसम्म पुगेपछि गरिएको (लकडाउन) बन्दाबन्दीका कारण म्याग्दीको बेनी नगरपालिकाका सबै मानिस घरभित्र नै खुम्चिएका छन् । बन्दाबन्दीका कारण फुर्सदिला बनेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवा भने सुरक्षा सावधानी अपनाएर विकास निर्माणका काममा जुटेका छन् । गाउँका आठ युवा मिलेर खहरेखोला–कुरुङ्दी–जलकेनी सडकको मर्मतका लागि […]