तातियो चुनावी माहोल : निर्वाचन सुरक्षा योजना ल्याउन सुरक्षा निकायलाई निर्देशन

सरकारले चुनावको घोषणा नगर्दै निर्वाचनको लागि आवश्यक तयारीलाई तिव्रता दिएको छ । सोही अनुसार बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाएर पेश गर्न निर्देशन दिएको छ । बैठकपछि गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षा निकायलाई चुनावी सुरक्षा योजना बनाएर ल्याउन निर्देशन दिएको बताए ।  गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा समग्र सुरक्षाको विश्लेषणका साथै सुधार्नुपर्ने विषयमा