नेपालीहरुको ठूलो चाड बडा दशैं, तिहार र छठमा व्यापार, व्यवसाय फस्टाउने गरे पनि सुर्खेतका व्यवसायीहरुमा भने निराशा छाएको छ । “बैंकले ऋण दिएको छैन, महँगी आकासिँदा आधारभूत आवश्यकता पूर्ति गर्न नागरिकलाई हम्मेहम्मे परेको छ, यस्तोमा व्यापार हुने आशै छैन ।” सुर्खेतको वीरेन्द्रनगरस्थित कालिका इम्पोरियमका सञ्चालक देवेन्द्र कोइरालाले भन्नुभयो, “विगतका दसैंमा राम्रै व्यापार हुन्थ्यो, यस वर्ष …